नियम १०क
विबरण संशोधन गर्न दरखास्त दिनु पर्ने:
(१) यस नियमावली बमोजिम प्रदान गरिएको सिफारिसपत्र, उत्पादन अनुज्ञापत्र वा अन्य प्रमाणपत्रमा उल्लेख गरिएको कुनै/विवरणमा त्रुटिभएको वा दरखास्तमा माग गरिएको भन्दा फरक पर्न गएको कारण संशोधन /गर्न आवश्यक परेमा सम्बन्धित व्यक्तिले त्यसको कारण खुलाई विभागमा दरखास्त दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम परेको दरखास्त उपर जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा विभागले अनुसूची-१४ बमोजिमको दस्तुर लिई ऐन तथा यस नियमावलीको अधीनमा रही त्यस्तो सिफारिसपत्र, उत्पादन अन्‌ज्ञापत्र वा अन्य प्रमाणपत्रमा भएको त्रुटि वा फरक पर्न गएको विवरण संशोधन गरिदिन सक्नेछ।